• २०८१ बैशाख १५ शनिबार

सुदर्शनको ‘रावायण’ मा पल र पुजाको जोडी

kharibot

काठमाडौँ । विवादित फिल्म ‘रावायण’ मा अब पल शाह र पुजा शर्माको जोडी बन्ने भएको छ । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २१ गते तीजको अवसर पारेर प्रदर्शन मिति घोषणा गरिएको छ ।

छायांकन शुरु हुने बेलामा अभिनेता अनमोल केसीले फिल्ममा काम नगर्ने निर्णय लिएपछि यो फिल्म बारे विवाद भएको थियो । अनमोलले फिल्ममा काम गर्न अस्वीकार गरेपछि निर्देशक सुदर्शन थापाले प्रहरीमा आपराधिक विश्वासघात मुद्धामा उजुरी दिए र अनमोल पक्राउ परेका थिए । त्यसपछि फिल्मको निर्माण प्रक्रिया नै अलमलमा रहेको थियो । अब सुदर्शनले फिल्मको स्टारकास्ट हेरफेर गर्दै फिल्म बनाउने भएका छन् ।

फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडी बाँधिने भएको छ । यो जोडीले यसअघि ‘म यस्तो गीत गाउँछु’ मा काम गरेका थिए । 

यस फिल्ममा यस अघि तय भएकी नीति शाह पनि फिल्मबाट बाहिरिएकी छन् । त्यस्तै यसअघि तय गरिएका अभिनेता प्रमोद अग्रहरी र पूर्व मिस नेपाल निकिता चण्डक भने यथावत् रहेको बताइएको छ ।

फिल्ममा प्रियंका कार्की, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल आदिको पनि अभिनय रहनेछ ।

चैत अन्तिमबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ भने फिल्मको निर्माण निर्दशक सुदर्शन थापा र पूजा शर्माले संयुक्त रुपमा गर्ने भएका छन् । फिल्ममा शिवम् अधिकारीको लेखन छ भने विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा भइसकेको छ । फिल्म पल शाहको दोहोरो भूमिका हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै