• २०८१ बैशाख १५ शनिबार

जेलबाट बाहिर आए डानी आल्भेज

kharibot

काठमाडौँ । बार्सिलोना तथा ब्राजिलका पूर्व फुटबलर डानी आल्भेज जेलबाट छुटेका छन् ।

बलात्कारको आरोपमा जेल सजायको एक चौथाइ भुक्तान गरेपछि एक मिलियन युरोसहित सशर्त रिहा गर्ने फैसला गरेपछि जमानतको बण्ड बुझाएपछि जेलबाट रिहा भएका हुन् ।

यसअघि जमानतको रकम समयमा जुटाउन नसकेपछि उनको जेलबाट रिहाइ केहि दिन ढिला भएको थियो ।

अदालतले गत महिना साढे चार वर्षको जेल सजाय दिएको थियो । तर त्यसको विरुद्ध आल्भेजले गरेको अपिलमाथि अदालतले फैसला गर्दै उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

उनी जनवरी २०२३ देखि हिरासतमा रहेका थिए । डिसेम्बर २०२२ मा बार्सिलोनाको एक नाइटक्लबमा एक महिलालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय आल्भेजलाई दोषी ठहर गरिएको थियो ।

उनले आफ्नो ब्राजिलियन र स्पेनिश दुबै पासपोर्टहरू अदालतमा जम्मा गरेका छन् र उनी स्पेन छोडेर जान पाउने छैनन् ।

साथै उनी साप्ताहिक रूपमा अदालतमा उपस्थित हुनुपर्ने बताइएको छ । अदालतले उनलाई पीडितसँग कुनै किसिमको सम्पर्क गर्न समेत रोक लगाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै