• २०८१ बैशाख १५ शनिबार

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

kharibot

काठमाडौँ  । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । 

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच आज बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ समकक्षी यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा पुगेका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । 

उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै