• २०८१ बैशाख १५ शनिबार

आइपिएलमा आज सनराइजर्स र मुम्बई भिड्दै

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज सनराइजर्स हैदरावाद र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ ।

दुवै टिमले यस सिजनको आफ्नो पहिलो खेलमा हार बेहोरेर यो खेल खेल्ने तयारीमा रहेका छन् ।

सनराइजर्स हैदरावादले पहिलो खेलमा कोलकोता नाइटराइडर्ससँग हार बेहोरेको थियो भने मुम्बई इण्डियन्सले गुजरात टाइटन्ससँग हार बेहोरेको थियो ।

सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

त्यसैगरी मुम्बई इण्डियन्समा कप्तान हार्दिक पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । मुम्बईका सुर्य कुमार यादव इन्जुरीका कारण यस खेलमा खेल्ने बारे अन्योलता रहेको छ । उनी पहिलो खेल खेलेका थिएनन् । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै