• २०८१ बैशाख १५ शनिबार

जर्जिया, युक्रेन र पोल्याण्ड युरोकपमा छानिए

kharibot

काठमाडौँ । जर्जिया, युक्रेन र पोल्याण्ड युरो कप २०२४ मा छनौट भएका छन् ।

गएराती सम्पन्न युरो कप छनौटका प्लेअफ खेलमा जित हसिल गर्दै जर्जिया, युक्रेन र पोल्याण्डले युरो कपमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

युक्रेनले आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थिए । त्यस्तै पोल्याण्डले वेल्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै जित हासिल गरेको थियो । त्यस्तै जर्जियाले ग्रीसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै युरोकपमा पुगेको थियो ।

योसँगै ग्रीस,  वेल्स र आइसल्याण्ड युरो कपमा छानिन असफल भएका छन् ।

यसका साथै युरोकप खेल्ने २४ देशको टुंगो लागेको छ । पोल्याण्ड समुह डी मा नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्ससँग रहेने छ भने युक्रेन समुह इ मा बेल्जियम, स्लोभाकिया, रोमानियासँग रहने छ । त्यस्तै युरोकपको समुह ए मा आयोजक जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीजरल्याण्ड रहेका छन् भने समुह बी मा स्पेन, क्रोसिया, इटाली र अल्बानिया रहेका छन् । त्यसैगरी समुह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् भने समुह एफमा तार्कि, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक रहेका छन् ।

युरो कप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै