• २०८१ बैशाख १६ आइतबार

आइपिएलमा आज लखनउ र पञ्जावबीच भिडन्त

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज लखनउ सुपर जाइन्ट र पञ्जाव किंग्सबीच हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार रति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

यस सिजनमा लखनउले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । लखनउले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग हार बेहोरेको थियो । त्यसैगरी पञ्जाव किंग्स अहिलेसम्म २ खेलमा एक जित र एक हार बेहोरेको छ । पञ्जावले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो ।

यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् भने निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेका छन् । पछिल्लो बर्षमा शिखर सक्रिय क्रिकेटबाट बाहिर रहेका छन् । उनी राष्ट्रिय टिमबाट बाहिर छन् भने घरेलु क्रिकेट समेत खेलेका छैनन् । ३८ बर्षिय धवन पछिल्लो आइपिएलदेखि कुनै क्रिकेट नखेलेकाले उनका लागि यो आइपिएल महत्वपूर्ण हुनसक्ने देखिन्छ । आइपिएलको प्रदर्शनले उनले राष्ट्रिय टिममा पुनरागमनको प्रयास गर्ने छन् । त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।           
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै