• २०८१ बैशाख २३ आइतबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँ

kharibot

काठमाडौ  । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २: ०० बजे बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानकारी दिए । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने छन् ।

यस बैठकले बैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवार छनौट गर्ने विश्वास गरिएको छ । इलाम- २ र बझाङको प्रदेशसभामा लगभग सबै दलले उम्मेदवार तय गरेपनि नेपाली कांग्रेसले अहिलेसम्म उम्मेदवार चयन गरेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै