• २०८१ बैशाख २० बिहीबार

कृषि बिकास बैंकद्धारा खानेपानी ट्यांकी तथां शैक्षिक सामग्री वितरण

kharibot

काठमाडौँ । सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंक लि. छिन्छु उपशाखाको पूर्ण सक्रियतामा नेपाल राष्ट्रिय आधारभुत विद्यालय तल्लो थानीचौर छिन्चुका लागि नवनिर्मित खानेपानी ट्यांकीको समुदघाटन गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृति लिला प्रकास सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न बह्येको सो उद्घाटन कार्यक्रम विद्यालयमा अध्यनरत ६५ जना विद्यार्थीहरुलाई स्कुल व्याग र शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको छ । 

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापनका अध्यक्ष श्री अम्बर बहादुर रानाले गर्नु भएको थियो भने विद्यालयको तर्फबाट अम्बिका चापागांईले कृषि विकास बैंक लि.को प्रसंशा गर्दै स्वागत मन्तव्य राखेका थिए ।

 सो समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत लिला प्रकास सिटौलाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे ।  उनले ५१ बर्ष अगाडी  कृषकहरुको आर्थिक सम्बृद्धीका लागि  स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत  नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए । 

नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् स्थानीयस्तरमा आवश्यक महसुस गरिएको सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा आर्थिक सहयोग तथा तालिमहरु समेत प्रदान गर्दै आईरहेको समेत बताए । 

कृषकहरुको बैंक भएकाले कृषकहरुकै मायाले बैंक मुलुकको सबैभन्दा शिषस्र्थ र अग्रणी बैंक बन्न सफल भएको जिकीर गर्दै उहांले किसानहरु लगायत अन्य पेशामा आवद्ध व्यक्तिहरुलाई कुनै न कुनै रुपबाट कृषि विकास बैंक संग साईनो जोडनुहोस भनि आग्रह गरे । साथै कृषि विकास बैंक लि.को मुख्य लक्ष्य भने कै बैकिङ्ग पहुंचबाट वाहिर रहेका आम नेपाली दाजुभाईलाई बैकिङ्ग कारोबारमा समावेश गर्नु नै हो भनि बताए । 

कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेडका कृषि तथा लघुउद्यम विकास विभागका विभागिय प्रमुख ध्रुवचन्द्र गौतमले सामाजिक सामुदायिक कार्यक्रमका बारेमा प्रकाश पारे ।
, कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा प्रकाश पारे । कार्यक्रममा स्कुलका विद्यार्थी, बाजागाजा सहितको स्थानीय दाजुभाई तथा दिदी वहिनीहरु स्थानीय जनप्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । सो कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका प्रवक्ता हिमलाल पौडेल, शाखा कार्यालय सुर्खेतका प्रबन्धक हिरा बहादुर आले, उपशाखा कार्यलय छिन्चुका प्रबन्धक मोहम्मद एहसान, कृषि विकास बैंक मुख्य कार्यालयका शा.अ. ध्रर्मराज न्यौपाने , क्षेत्रिय कार्यालय नेपालगंजका शा.अ.नगेन्द्र शाह को समेत उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानअध्यापक हरी बहादुर नेपालीद्वारा सञ्चालीत कार्यक्रममा भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्द,  उपमेयर रेनु आचार्य, विभिन्न कार्यलय तथा संघ संस्थाका प्रतिनिधी समेत उपस्थिती रहेको थियो । साथै उक्त कार्यक्रममा नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानअध्यापक हरी बहादुर नेपालीलाई बैकका प्रमुख कार्यकारी अधिकृतले मायोको चिनो समेत प्रदान गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै