• २०८१ बैशाख १८ मंगलबार

मेरो पनि सहकारीमा २३ लाख डुबेको छ- श्रममन्त्री अर्याल

kharibot

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रममन्त्री अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको भन्दै सो रकम उठाइदिनेलाई केहि रकम दिने बताएका हुन् ।

उनले भने- ‘रास्वपको उपसभापति डिपी आर्याल पनि सहकारी ठगीमा तपाईंहरुलाई लाग्ला, मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ ।’

उनले हाल समस्याग्रस्त घोषणा गरिएको हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको मन्त्री अर्यालले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै