• २०८१ बैशाख २० बिहीबार

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन दर्ता आज

kharibot

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधिसभा भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ ।

नयाँ सत्ता समीकरणबनेसँगै राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।

आज मनोनयन दर्तापछि भोलि पौने १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै सत्ता गठबन्धनबाट भने राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने भएको छ । एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउन सक्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै