• २०८१ बैशाख २८ शुक्रबार

सिङ्गापुरको अर्थव्यवस्था २.७ प्रतिशतले बढ्यो

kharibot

सिङ्गापुर । सिङ्गापुरको अर्थतन्त्र सन् २०२४ को पहिलो त्रैमासिकमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा दुई दशमलव सात प्रतिशतले वृद्धि भएको यहाँको व्यापार तथा उद्योग मन्त्रालयले जनाएको छ । यो अघिल्लो त्रैमासिकको तुलनामा दुई दशमलव दुई प्रतिशतले वृद्धि हो ।

अघिल्लो त्रैमासिकको एक दशमलव चार प्रतिशत विस्तारको तुलनामा पहिलो त्रैमासिकमा उत्पादन क्षेत्रमा गत बर्षको तुलनामा शून्य दशमलव आठ प्रतिशतले बढेको छ । 

मन्त्रालयले रसायन, इलेक्ट्रिकल, सफ्टवेयर, इलेक्ट्रोनिक्स, मेकानिकल र अप्टिकल इन्जिनियरिङको उप–विषय प्रेसिजन इन्जिनियरिङ र यातायात इन्जिनियरिङ समूहमा उत्पादन विस्तारले इलेक्ट्रोनिक्स, बायोमेडिकल निर्माण र सामान्य उत्पादन समूहमा उत्पादनभन्दा बढी भएको जनाएको छ ।

सार्वजनिक निर्माण उत्पादनबाट समर्थित त्रैमासिक प्रतिवेदनमा निर्माण क्षेत्र वार्षिक चार दशमलव तीन प्रतिशतले विस्तार भएको छ । सेवा क्षेत्रमा पनि तीन दशमलव दुई प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो त्रैमासिकमा यो दर दुई दशमलव तीन प्रतिशत रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै