• २०८१ बैशाख १४ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  निर्वाचन आयोगमा दर्ता 

kharibot

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछिको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रुपमा आयोगमा दर्ता गर्ने निर्णय भएको जनाएको छ ।

पार्टी एकीकरण हुँदा नेपाल कम्युनिष्ट पार्टीको नाममा अन्डर लाइन राखेर निवेदन दिइएको भएपनि सो नाम निर्वाचन आयोगमा दर्ता भैसकेकाले एमाले र माओवादीको एकीकरणपछिको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहने गरि फेरी निवेदन दिइएको थियो ।

यो सँगै अब एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै