• २०८१ बैशाख २१ शुक्रबार

नेपाल एमालेद्वारा आयोजित नेकपा हीरक महोत्सवमा सहभागी नहुने

kharibot

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेद्वारा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवमा सहभागी नहुने भएका छन् ।

एमालेको निमन्त्रणा पाए पनि नेपाल भने यस कार्यक्रममा नजाने उनी निकट सचिवालय सदस्यले जानकारी दिएका छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा जाने बताइएको छ ।

एमालेले आज कम्युनिष्ट पार्टीको स्थापनाको ७५औं बर्षको अवसरमा विशेष कार्यक्रम गरिरहेको छ । गोदावरीमा हुने सो कार्यक्रममा एमालेले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै छ ।

एमालेले यस कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका शिर्ष नेताहरुलाई निमन्त्रणा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै