• २०८१ बैशाख २० बिहीबार

नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट

kharibot

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दिपेन्द्र सिंह ऐरीको रुपमा पाँचौं विकेट गुमाएको हो ।

दिपेन्द्रले ८ बल खेलेर ५ रन बनाउदै आयान खानको बलमा आउट भएका हुन् । यस अघि कुशलले ३ रन बनाउदै बसिल हामिदको बलमा आउट भएका थिए भने कप्तान रोहित पौडेलले संघर्षपूर्ण ब्याटिंग गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भएका थिए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका थिए । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले १४ ओभरमा ५ विकेट गुमाउदै ७७ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै