• २०८१ जेठ ६ आइतबार

जस्मिन पेन्ट्सद्वारा ‘जस्मिन पेन्ट्सको बहार, बम्परमा कार उपहार’ का विजेतालाई कार हस्तान्तरण  

kharibot

काठमाडौं । नेपाली पेन्ट उत्पादन कम्पनी जस्मिन पेन्ट्सले ‘जस्मिन पेन्ट्सको बहार, बम्परमा कार उपहार’  योजनाका विजेतालाई कार हस्तान्तरण गरेको छ ।

विहिबार आयोजित कार्यक्रममा यस योजनाका कार विजेता काठमाडौँ टोखा निवासी घमन मगरलाई नेपाली चर्चित कलाकार जोडी मह जोडीले कारको साँचो हस्तान्तरण गरेका हुन् ।

जस्मिन पेन्ट्सले २०७४ भदौ देखि २०७४ माघसम्म संचालित यस योजनामा हरेक महिना एक जना उपभोक्तालाई एक-एक वटा स्कुटर पनि प्रदान गरिएको थियो । स्कुटर जित्नेमा झापा निवासी अन्जु पौडेल, नवलपरासी कावासोती निवासी सन्त बहादुर थारु, नवलपरासी बर्दघाट निवासी गोपाल दुवे, लेखनाथ कास्की निवासी रचना भुजेल र ठाकुरबबा, बर्दिया निवासी इन्दिरा कुमारी थारुले स्कुटर जितेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार मदन कृष्ण श्रेष्ठले नेपाली उत्पादनलाई प्राथमिकता दिन र यसको बजार विस्तार गर्न आफुहरु यस पेन्ट्सको ब्रान्ड एम्बेसडर बनेको बताए । समृद्धिको लागि स्वदेशी उत्पादन नै प्रयोग गर्न आग्रह गर्दै कलाकार श्रेष्ठले जस्मिन पेन्ट्सले विस्तारै बजारमा आफ्नो प्रभाव बढाउदै लागेकोमा खुशी व्यक्त गरे । त्यस्तै

कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार हरिबंश आचार्यले स्वदेशमै उद्योग खोलेर सयौलाई रोजगार दिन सफल जस्मिन पेन्ट्सका संचालकलाई धन्यवाद दिदै आफुले आफ्नो घरमा पनि जस्मिन पेन्ट्स नै प्रयोग गरेको र यो कुनै विदेशी ब्रान्ड भन्दा कम नभएको अनुभव सुनाए ।

कार्यक्रममा जस्मिन पेन्ट्सका प्रबन्ध निर्देशक तथा मनकामना ग्रुपका अध्यक्ष लक्ष्मण प्रसाद अर्यालले आज भन्दा २३ बर्ष अगाडी आफ्नो घरको टहराबाट सुरु गरेको कम्पनीले आज देश भर विस्तार भएर यँहासम्मको यात्रा तय गरेको चर्चा गर्दै निर्माण सामाग्री सम्बन्धि अन्य क्षेत्रमा पनि आफुले आफ्नो लगानी विस्तार गर्ने योजना रहेको बताए । 

जस्मिन पेन्ट्सका कन्ट्री म्यानेजर रविन शर्मा भुसालले जस्मिन पेन्ट्सले देशभर आफ्नो वितरण सन्जाल बनाइसकेको जानकारी दिदै पुर्वदेखि पश्चिम सम्म अब जस्मिन पेन्ट्स पाउन कठिनाइ नहुने जानकारी दिए ।   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै