• २०८१ बैशाख २२ शनिबार

सन्दीप लामिछानेको मुद्दाको आज पेसी

kharibot

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी रहेको छ ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

सन्दीपले जिल्ला अदालतको फैसलालाई चुनौती दिदै गरेको पुनरावेदन र जिल्ला सरकारी वकिलको कार्यालयले सजाय कम भएको भन्दै गरेको पुनरावेदनलाई एकै मुद्धाको रुपमा उच्च अदालत पाटनले सुनुवाई गरिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै