• २०८१ जेठ ४ शुक्रबार

सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह

kharibot

काठमाडौँ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई अघि बढाउन आग्रह गरेकि छिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिमा आज भएको छलफलमा मन्त्री शर्माले राष्ट्रियसभाबाट पारितभएको विधेयकलाई आवश्यक सुधारसहित पारित गर्न समिति सदस्यहरूलाई आग्रह गरिन् । 

मन्त्री शर्माले विधेयकमा तत्काल नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था रहेका भन्दै सो विधेयक विगतको पृष्ठभूमिका आधारमा तयार गरिएको  र थप समृद्ध बनाउन जरूरी रहेको धारणा राखीन् । 

त्यस्तै, मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले विगतमा समितिको प्रतिवेदन र सरकारको नीतिका आधारमा नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक प्रसारण सेवा बनाइने व्यवस्था गरिएको बताए ।

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई थप परिमार्जन गर्ने सम्बन्धमा सुझाव व्यक्त गरेका थिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै