• २०८१ जेठ ४ शुक्रबार

विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने अनुमान

kharibot

मनिला । एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको संख्या सन् २०५० सम्ममा झण्डै दोब्बर पुग्ने अनुमान गरेको छ । 

आगामाी दिनमा वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा र हितलाई सघाउन व्यापक नीतिगत सुधारमा तुरुन्तै लाग्न पनि प्रतिवेदनले सुझाएको छ । ‘“एशिया र प्रशान्तको तीव्र विकास एक सफलताको कथा हो, तर यसले ठूलो जनसाङ्ख्यिकीय परिवर्तनलाई पनि उत्प्रेरित गरिरहेको छ, र दबाब बढिरहेको छ ।’’ 

एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले भनेका छन् । प्रतिवेदनले यस क्षेत्रका धेरै वृद्धवृद्धाहरूसँग बाँच्नका लागि सेवा निवृत्तिको उमेर नाघेपछि पनि काम गर्नुको विकल्प नभएको उल्लेख गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै