• २०८१ बैशाख १५ शनिबार

डा. उपेन्द्र देवकोटाको आइसियुमा राखेर उपचार हुदै, अस्पतालले भन्यो - बाहिर आएका हल्लामा कुनै सत्यता छैन

kharibot

काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको आइसियुमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका देवकोटालाई गएराति स्वास्थ्य केही सुधार देखिएपछि भेन्टिलेटरबाट निकालिएको बाँसबारी स्थित न्युरो अस्पतालले जानकारी दिएको छ ।

डा. देवकोटाको स्वास्थ्य स्थितिबारे बाहिर आएका हल्लामा कुनै सत्यता नभएको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालमा आएका समाचारहरू सत्य नरहेको भन्दै अस्पताल तथा देवकोटाका परिवारले खण्डन गरेका छन् ।

न्यूरो अस्पताल र देवकोटाको परिवारले शनिबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेका छन् । ‘यस अस्पतालबाट जारी गरिने आधिकारिक जानकारी बाहेक अन्य सूचनालाई विश्वास नगर्न सविनय अनुरोध गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ। 

पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाले गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा ६ महिनासम्म बेलायतमै उपचार गराएका थिए । तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि डा. देवकोटा वैशाखको दोस्रो साता नेपाल फर्केर बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय