• २०८१ जेठ ६ आइतबार

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

kharibot

काठमाडौँ । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ ।

प्रवर्तन निर्देशनालय (ईडी) को छापामा सो रकम बरामद भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बरामद भएका नोट गणना गर्न विभिन्न बैंकबाट धेरै नोट गणना गर्ने मेसिनहरू ल्याएर गणना गरिएको बताइएको छ ।

संजीव कुमार लाल झारखण्ड प्रशासनिक सेवाको पहिलो ब्याचका अधिकारी हुन् । यसअघि उनी भाजपाको रघुवर दास सरकारमा मन्त्री सीपी सिंह र अर्जुन मुन्डा सरकारमा मन्त्री विमला प्रधानको सचिव पनि थिए ।

ईडीका अधिकारीहरूले सोमबार बिहान सञ्जीव कुमार लालको सरकारी निवास र उनका सहायक जहाँगीर आलमको निजी निवासमा छापा मारेका थिए । यसबाहेक एक कम्पनीमा सञ्चालक रहेका व्यापारी मुन्ना सिंह, उनकी श्रीमतीसहित ग्रामीण विकास विभागका इन्जिनियर कुलदीप मिञ्ज र विकास कुमारको घरमा छापा मारिएको थियो ।

यस अवधिमा जहाँगिर आलमको घरबाट सबैभन्दा बढी नगद बरामद भएको छ । उनीबाट ३१ करोड २० करोड भारु रुपैयाँ बरामद भएको छ । यस छापामारीमा केही सरकारी कागजपत्र समेत बरामद भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै