प्रदेश ४ मा राजश्व र व्ययको वार्षिक अनुमान विषयक छलफल

खरीबोट

फाइल तस्विर । 

ad

पोखरा / प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेका आव २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु भएको छलफलमा आज पनि सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् । 

आजको छलफलमा भाग लिँदै सदस्यहरूले बजेटले संघीयताको संस्थागत विकाससँगै धेरै विषय र क्षेत्रलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै सबैको एकताबद्ध प्रयासमा कार्यान्वयन पक्षलाई प्रभावकारी बताउनु पर्नेमा जोड दिए । 

प्रदेश नं ४ लाई नमूना प्रदेशका रुपमा विकास गर्न बजेट आधारशीला भएको भन्दै सदस्यले बजेटले समेट्न नसकेका विषयलाई आगामी दिनमा समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिए । 

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेटले गाउँ र नगरपालिकालाई जोड्नका लागि सडकमा प्राथमिकता दिएको बताउँदै आर्थिक वर्षको शुरुमै गाउँगाउँमा विकास निर्माणले गति लिएसँगै बजेटको प्रभावकारिता देखिने उल्लेख गरे । 

अर्का सदस्य धनमाया लामा पोख्रेलले बजेटले सबै क्षेत्रलाई समेटेको भए पनि प्रदेश नं ४ को महत्वपूर्ण उद्योगका रुपमा रहेको गोरखकाली रबर उद्योग सञ्चालनबारे ध्यान नपुगेको धारणा राखे । 

प्रदेशसभा सदस्य ललितकला गुरुङले ग्रामीण क्षेत्रमा रित्तिएको बस्तीलाई भरिभराउ नबनाएसम्म बाझिएको जमिनलाई उत्पादनमूलक बनाउन कठिन हुने धारणा राखे । 

आजको छलफलमा सत्ता पक्ष र विपक्षका गरी कूल २८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए  । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ । 
 

सम्बन्धित समाचार

प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

पोखरा / प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ ।  यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो

प्रदेश चारमा बहुमतले विधेयक पारित

पोखरा / प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ बहुमतले पारित ग¥यो ।  आजको बैठकमा ‘राजश्व र व्ययको वार्षिक अनुमान’ माथिको

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

पोखरा / प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ ।  प्रदेश नं ४ को

गोरखाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश

पोखरा । प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश गरेको छ ।  मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँपालिकाको केन्द्र परिवर्तन