• २०८१ बैशाख १५ शनिबार

प्रदेश नं ४ का तीन विधेयक प्रमाणीकरण

kharibot

पोखरा । प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाले पारित गरेका तीन वटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन् । 

प्रमाणीकरण हुनेमा ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’, ‘मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रामिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ र ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७४’ रहेको छ । 

प्रदेशसभाको वैशाख १९ गतेको बैठकले तीनवटै विधेयक पारित गरेको थियो । नेपालको संविधानको धारा १९९ को उपधारा १ मा प्रदेशसभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । 

प्रमाणित ती विधेयक एक÷एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय र संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा उक्त विधेयक एक÷एक प्रति पठाइएको प्रदेश प्रमुख कार्यालयका उपसचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए । 

उनका अनुसार यही वैशाख ३ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै प्रमुख कुँवरले ‘प्रदेशस्तरीय सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक’ प्रमाणाणीकरण गरी विधेयक प्रमाणीकरणको शुरुवात गरे । 

नेपालको संविधान धारा २०१ उपधारा ९२० बमोजिम प्रदेश प्रमुखले १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिने व्यवस्था छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै