• २०८१ बैशाख १४ शुक्रबार

तिनै सिजनमा एग्रेसिभ मार्केटिङ गरेर पर्यटक बढाउने हाम्रो रणनीति छ - दीपक राज जोशी, सिइओ, पर्यटन बोर्ड

kharibot

नेपाल सरकारले आर्थिक वर्ष २०७५-७६को बजेटमा नै नेपालमा २०२० मा २० लाख पर्यटन भित्र्याउने भन्दै भिजिट नेपाल २०२० को घोषणा गरेको छ ।  नेपालमा पछिल्लो  तथ्याङ्क हेर्ने भने पनि हवाई मार्गबाट मात्र आउने पर्यटन १० लाख पनि पुग्न सकेको छैन, विमानस्थलको समस्या हट्ने संकेत  पनि कार्यन्वयनमा चुनौति रहेको देखिन्छ , २०७२ को महाभुकम्प पश्चात ऐतिहासिक पुरातात्विक क्षेत्रहरु अझै पनि पुनःनिर्माण भइनसकेको  अवस्थामा नेपाल सरकार र पर्यटन बोर्ड २० लाख पर्यटन भित्र्याउने तयारीमा जुटेको छ । यसै सन्दर्भमा रहेर नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीसँग खरीबोटका लागि सकला दवाडीले गरेको कुराकानीको सम्पादित भाग । 

२०२० मा २० लाख पर्यटन भित्र्याउने भनिएको छ, तयारी के के छन ? गृहकार्य कसरी अगाडि बढेको छ ? 

वास्तवमा हामीले यसलाई अलिकति प्रभावकारी रुपमा अगाडी बढाउनुपर्छ भन्ने हिसावले छिटै नै यसको तयारीका साथ काम गर्न खोज्दैछौं । अव डेढ वर्ष बाँकी छ र हामी अहिले देखि नै विभिन्न प्रवद्धनात्मक कार्यक्रम गर्दै अगाडि बढ्ने भन्ने लाइनमा नै कुरा भइरहेको छ । अहिले सम्म भएको प्रगतिको रुपमा हेर्ने हो भने बजेट भाषणमा आयो नेपाल भ्रमण वर्ष २०२० मनाउने भन्ने हिसावले त्यस पछि एउटा मुल आयोजक समिति गठन भएको छ । माननीय पर्यटन मन्त्रीज्युको संयोजकत्वमा ५९ सदस्यीय समिति गठन भएको छ । त्यसको पहिलो बैठक बस्यो  । पहिलो बैठकबाट पर्यटन वर्ष २०२० को लोगो सार्वजनिाक भइसकेको छ । यसको थिम चाँहि के हो भन्दा नेपालका अनुभवहरु अनुभुत गर्न पाइन्छ भनेर “भिजिट नेपाल २०२० लाइफ टाइम एक्पिरेसन” भन्ने लाइनमा यसको प्रर्वधन गर्दैछौं । 

लक्ष्यमा पुग्न सकिएला ? 

लक्ष्य एकदमै ठुलो छ । २० लाख पर्यटक भित्र्याउने भन्ने छ । त्यसको लागि हामीले ३÷४ वटा रणनीति बनाएका छौ । एउटा के छ भने हामीलाई थाहा छ हाम्रो पुर्वाधारको ठुलो चुनैति छ । यसको बावजुत पनि लक्ष्य निर्धारण भएको संख्या कसरी बढाउन सकिन्छ भन्ने कुरामा जोड दिदै हामीले सिजनमा आउने पर्यटकलाई महत्व दिएका छौं । जस्तो अक्टोवर नोभेम्बरमा टिकट पनि नपाउने होटल पनि नपाउने अरु सिजनमा कम हुने गर्दछ ।

नेपालमा मौसमी पर्यटन बढि आउछन भनिन्छ, कसरी २० लाख पुर्याउन सकिएला ?

वर्षै भरी पर्यटकहरु त्यतिकै सख्यामा ल्याउन ठुलो सख्यामा आउने बनाउनको लागि गर्मी मौसम कम पर्यटन आउछन, कम पर्यटन आउने अर्को मनशुन सिजन हो, हिँउदमा पनि पर्यटन कम आउँछन् ।  यो तिनबटै सिजनमा एकदमै एग्रेसिभ मार्केटिङ गरेर पर्यटक सख्या बढाउने भन्ने हाम्रो रणनीति छ । गर्मी र मनशुन दुबै सिजनको लागि मुलतः इन्डिया बङ्गलादेश जस्ता मार्केटहरुमा हामीले  फोकस गर्ने भनेका छौ । विन्टर सिजनमा चाइना बढि फोकस गर्ने भनेका छों । किनभने फेब्रवरीको आसपास चाइनामा नयाँ वर्ष मनाइन्छ । त्यतिबेला उनीहरुको १२-१४ दिनको होलिडे हुन्छ । त्यो सिजनमा नेपाल ल्याउन सकिन्छ भन्ने हिसावले हामीले फोकस कार्यक्रमहरु गर्ने र नेपाललाई बाह्रै महिना पर्यटकहरु आउने एउटा गन्तब्यका हिसावले विकास गर्ने भन्ने कार्यक्रम रहेको छ ।  

फोकस कार्यक्रम जस्तै हामीले इन्डियन नागरिकलाई फोकस गर्न त्यता बढि गर्मी हुने हुदाँ नेपालमा चिसो हावा पानी छ, यो हिसावले “गर्मी छे हाल चलो नेपाल” भन्ने खालका क्याम्पेनहरु चलाएका छौं । मनसुनको लागि हामीले रोमान्टिक मनशुन हुन्छ, रमाइलो हुन्छ, घुम्न आउनको लागि यो ठाँउ राम्रो छ भन्ने हिसावले मनशुनको पनि कुरा गर्दै छौं । वीन्टरमा पनि हामीकहाँ के छ भने अरु ठाँउ जस्तो छैन हिँउदमा पनि धेरै जसो ठाँउमा घाम लाग्छ । त्यो हिसावले घमाइलो विन्टर हुन्छ भन्ने हिसावले त्यो म्यासेज तयार गरेर प्रचार गर्दै छौ ।  

पुरातात्विक क्षेत्र त्यतिकै छन् पुननिर्माण हुन सकेका छैनन पर्यटन कसरी बढ्छन ? 

केही ठाँउ बनिसकेका छन् । जस्तो बौद्ध स्तुपा निमार्ण भइसकेको छ केही निमार्णको क्रममा छ । तर अहिले एकदमै तादरुकताका साथ पुनःनिर्माणको काम अगाडि बढिरहेको छ ।  र पनि हामीले अहिले प्रचार गर्दा खेरी यो चाँहि एकदमै राम्रो समय हो । आउनको लागि किन भने २ सय ४ सय वर्ष अगाडिको यो पुरातात्कि सम्पदाहरु कसरी बन्थ्यो भनेर पनि हेर्नको लागि यो उपयुक्त समय हो भनेर हामीले बजारीकरण गरिरहेका छौ ।  यो समयको अझै राम्रोसँग सदुपयोग गरौं भन्ने हिसावबाट नै मार्केटिङ भइरहेको छ ।  

सिजनमा अहिले पनि होटल पाइदैन भनिन्छ, होटल व्यवस्थापन कसरी हुन्छ के छ अवस्था ?

अहिले स्थिति कस्तो छ भने होटलको स्थिति राम्रै छ । अहिले पनि हामीसँग २५ लाख पर्यटकलाई होष्ट गर्न सक्ने क्यापासिटी छ । नीजि क्षेत्रमा बजार बढ्ने वित्तिकै पर्यटन बढि आउने वित्तिकै त्यो सेवा दिन सक्ने क्षमता हामीसँग छ । हामीले दिने पहिलो प्राथामिकता पुर्वाधार नै हो । त्यो पनि हाम्रो हवाइ क्षेत्र र विमानस्थल बढाउन सक्यो भने अरु त हामीले म्यानेज गर्न सकिने चुनौति हो ।  

हवाइमार्गको एकदमै समस्या छ त्यसमा पनि विजि सेड्युल धेरै छन् । त्यसकारण हामीले हवाइ मार्ग भन्दा पनि सतह मार्गबाट आउने पर्यटनलाई पनि बढाउनको लागि काम गर्ने भन्ने अर्को कुरा भइरहेको छ ।  

२० लाख  पर्यटक पुर्याउन कसरी जुट्नु भएको छ ?  मुख्य चुनौती के- के छन् ? 

चुनौतिपुर्ण छ, तर हामीले प्रयास गरीरहेका छौं । मुल समिति गठन भयो । यसको सदस्य सचिव नेपाल पर्यटन बोर्ड नै छ । अव हामीले विभिन्न उपसमितिहरु जस्तो प्रवद्धनको लागि नीतिगत सुधारको लागि , पुर्वाधारको लागि, मानव संसाधन विकासका लागि विभन्न सेक्टरमा र संकट व्यवस्थापनको लागि भनेर ५÷६ वटा उपसमिति बनाउने अवधारणा पनि तयार भएको छ ।  

हाई प्रोफाइल सेलिब्रेटिहरु नेपालमा ल्याउनको लागि हामी तयारी गर्दै छौं । त्यो आटिष्ट, एक्टरकर्पोड आइडल हुन सक्छ, सपोर्ट पसर्नालिटि पनि हुन सक्छ, पोलिटिकल फिगर पनि हुन सक्छ । हाम्रो योजनामा यस्ता व्यक्तित्वहरु ल्याउने पनि छ । यस्ता व्यक्तहरु पनि ठुलो महत्व राख्दछन ।   

बजेट कति छुट्याइएको छ ?

सरकारले पर्यटन भ्रमण वर्ष प्रवद्धनको लागि भनेर १० करोड छुट्याएको छ । अव केही दिनमा नै पर्यटन वोर्डले पनि टुग्याउछौं । हाम्रो टोटल बजेट १ करोडको हाराहारीमा हुन्छ ।  त्यसमा बजारीकरणको ,कम्जुमर पब्लिसिटिको, अनुसन्धानको र केही पुर्वाधारको विकासको निम्ति छुट्याइएको हुन्छ ।  

पर्यटन पर्वद्धनको लागि नयाँ ठाँउको खोजी भएको छ छैन ? 

हामी विस्तार गर्दै छौं । नेपालको मात्र नभएर धेरै ठाँउको पर्यटन जति नीजि क्षेत्र सक्रिय भयो त्यति अगाडि बढ्दै जान्छ । त्यो हिसावले हामीले पुर्वका पर्यटन व्यसायीहरुलाई पुर्व वरिपरीका बजार इन्डियाका बजारहरु, बंगलादेश यताउता गरेर ट्राभल मार्ट गर्न सक्छौं  । त्यो उहाँहरुलाई एन्करेज गर्न एजुकेट गर्न र कन्ट्याक स्टावलिस गर्नको लागि थियो । त्यसै गरी पश्चिमका पर्यटन ब्यवसायीहरुलाई दिल्लीको नैनतालको लखनउको देहराधुनको, जस्तो पोखरा आसपासको लागि लखनउ, गोरखपुर त्यसरी कनेक्ट गर्ने कामहरु गरीरहेका छौं । 

यसो गर्नुको उद्देश्य दुई वटा छ एउटा त्यहाँका लोकल व्यवसायीलाई उताको व्यवसायीसँग कनेक्ट गराएर  विजनेशको ग्रोथमा हेल्प गर्ने अर्को नेपालको केही ठाँउमा सिमित पर्यटनलाई डाइभर्सिफाई गर्ने भन्ने नै हो । 

२० लाख पर्यटन भित्र्याउने योजनासँगै नयाँ ठाँउको पनि खोजि भएको होला कुन कुन ठाँउ छन् ? 

थुप्रै छन । जस्तो धरान, इलाम पाथीभरा,पश्चिममा बर्दिया, शुक्लाफँटा, खप्तड, रारा, डोल्पा यी ठाँउहरुमा गएर हाइलाइट गरीरहेका छौं, त्यस्तै गरी लम्जुङ, गोरखा तिर पनि छन् । मनाशलु जस्ता क्षेत्रहरुलाई हामी प्रमोट गरिरहेका छौं र पुरानो त छदैछ । 

मार्केटिङ विज्ञापन कत्तिको प्रभावकारी छ ?

प्रभावकारी छ त्यसैले धेरै देशहरुले त्यसमा गरिरहेकै हुन्छन्  । हामीले यो वर्ष बिबिसी ,सिएनएन, टिपट बाइजर यसमा त्यो काम सक्दैछौं । छिट्टै त्यो एमएयु भएर एम्प्लिमेन्ट हुन्छ । पर्यटन दोब्बरै बनाउनु पर्छ हेरौं २÷४ वटा रणनीतिमा काम हुदैछ । 

आन्तरिक पर्यटनको पर्यटनको प्रवद्धन पनि आवश्यक छ की ?

वास्तवमा आन्तरिक पर्यटनको विकास नगरिकन समग्र पर्यटनको विकास हुन सक्दैन । आन्तरिक पर्यटनले एउटा जग बसाल्छ । हाम्रोमा पहिला आन्तरिक पर्यटन बलियो देखिदैन । खास गरी भुकम्प पछि नेपालको पर्यटनलाई पुनःउत्थान गर्ने क्रममा २०७३ लाई ‘आन्तरिक घुमफिर वर्ष’ भनेर एउटा आन्तरिक पर्यटन प्रर्वद्धन गर्नको लागि बढाएका थियौं । त्यसको एकदम राम्रो प्रभाव पर्यो । अहिले धेरै ठाँउमा नेपाली पर्यटकलाई रुचाउन थालिसकेका छन ।  किनभने यसको महत्व अझ बढ्दै गएको छ र अझ यसको प्रचार पचार गर्नु पर्दछ । यो वर्ष पनि हाम्रो सरकारको बजेटमा पहिला देश अनि विदेश भन्ने नाराका साथ आन्तरिक पर्यटन प्रर्वद्धनलाई महत्व दिएको छ । आउने हाम्रो बजेट पनि त्यो लाइनमा तयारीमा छ । 

के कस्ता नीति योजना निर्माण गर्नु भएको छ? जसले धेरै पर्यटन आउन सकुन । 

एकदमै पोइन्टमा भन्नुपर्दा हाम्रो परम्परागत बजार (ट्रेडिसनल मार्केट) छ नि ,त्यो  मेन्टेन गर्दै जस्तै जापान, युएसए, युरोप,यी देशहरु र नयाँ मार्केट इन्डिया र चाइना धेरै फोकस गर्दैछौ ।

त्यसको लागि मौसम केन्द्रित हाम्रो पर्यटनलाई १२ महिना आउने बनाउनको लागि प्रयास गर्ने अर्को टुलमा हामीले ट्रेडिसनल नभएर डिजिटल मार्केट मार्केटिङलाई फोकस गर्ने  रणनीति लिएका छौं ।  चौथोमा हाम्रो आन्तरिक पर्यटन पर्वद्धनलाई जोड दिने भन्ने छ । र पर्यटकको समस्याको लागि हाम्रो देशमा सुरक्षाको लागि पर्यटन पुलिसको पनि व्यवस्था छ ।

 पदयात्रा पर्यटनको विकासका बारेमा केहि भन्नुस न ?

नेपाली पर्यटनको महत्वपुर्ण स्थान पदयात्राले लिएको छ । नेपालमा निकै पपुलर सेग्मेन्ट हो पदयात्रा ।  पदयात्रामा धेरै जसो युरोपिएन देशका मानिसहरु आउने गर्दछन् । पश्चिमा देशहरुका मानिसहरु नै आउने गर्दछन् । पछिल्लो समय साउथ इन्डियाको पनि केही  बढिरहेका छन् । यसरी हेर्दा पदयात्रा पर्यटन राम्रो छ । यसलाई अझ डाइभसिफाई गर्न सजिलो हुन्छ । अन्नपुर्णमा सबै भन्दा बढि एभरेष्ट, त्यसपछि लामटाङ , मनासलुमा आउने गर्दछन । कञ्चनजंगा र डोल्पा क्षेत्रमा रारा खप्तड एरिया तिर पनि यसलाई बढाउनको लागि काम गरिरहेका छौं । 

२० लाख भनिरहदाँ सख्यात्मकलाई जोड दिएको देखिन्छ, गुणात्मकता पनि ध्यान दिने की ? 

सख्या पनि चाहिन्छ नै किन भने देश भरी पर्यटकजादाँ त्यसको प्रभाव पर्दछ । तर नेपाल आउने पर्यटनले धेरै खर्च गरुँन भन्ने लाइनमा पनि काम गर्दै छौं । नेपाल आउने पर्यटकले कम खर्च गरेको भन्दा पनि हामीले नै कम खर्च गराएका रहेछौं क्या ! हामीले नै हाम्रो इन्डस्टिजको एजुकेट गर्दै छौं । त्यो एजुकेट हामी कसरी गर्दछौं भने अर्कोले दिएको भन्दा सस्तोमा सेवा दिने होइन त्यो भए पछि त मान्छे सस्तो खोज्न गइहाल्छ ।  अर्काको भन्दा सस्तो भन्दा पनि नयाँ एक्सपिरेन्स सर्भिस दिएर नयाँचिजलाई अफर गरेर बढि चार्ज गर्ने लाइनमा हामीले जानुपर्छ भनेर इन्डस्टिजलाई एजुकेट गदैछौं । खर्च खर्ने टुरिस्टको सेग्मेन्टमा बढि प्रचार गर्ने भन्ने पनि हाम्रो रणनीति छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै