• २०८१ बैशाख १४ शुक्रबार

सलोन बस्नेत अभिनित फिल्म ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक

kharibot

काठमाडौँ । अभिनेता सलोन बस्नेत अभिनित फिल्म ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, रोमान्स र द्वन्द्वलाई मुख्य स्थान दिइएको छ ।

ट्रेलरमा सलोनको कमेडी र एक्सन पाटो पनि देखाइएको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ । 

फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले 'कर्णवीर' को 'चन्द्रमा झैँ राम्री छौ' गीतलाई रिमिक्स गरेका छन् । यो फिल्म असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै