• २०८१ बैशाख १६ आइतबार

ब्रह्माण्डमा एक्लो मानव ? नयाँ अध्ययन भन्छ - अर्को ग्रहमा जीवन र सभ्यता छैन ! 

kharibot

मानिसहरु वर्षौँदेखि अन्य ग्रहमा बसोबास गरेका भनिएका एलियनको खोजीमा छन् । उनीहरुले यहाँबाट धेरै रेडियो तरंग पठाएर एलियनसँग सम्पर्क गर्ने तयारी गर्ने गरेका छन् । तर आजसम्म मानिसले एलियन भएको कुनै पनि विश्वासिलो तथ्य पाएको छैन । 

यहाँबाट पठाइएका सन्देशको उताबाट कहिल्यै जवाफ आएको छैन । 

कहाँ होलान् एलियन ? 
यो प्रश्न भौतिक वैज्ञानिक एनरिक फर्मीले सन् १९५० मै एक सहकर्मीसँग गरेका थिए । उनका अनुसार यो ब्रह्माण्डमा मानिसजस्तो अन्य धेरै जीव र सभ्यताहरु रहेको छ । तर उनीहरु छन् भने किन सम्पर्कमा आउँदैनन् त ? कहाँ छन् आखिर उनीहरु ? 

पछि यसलाई फर्मी प्याराडक्सका रुपमा लिनथालियो । एसईटीआई (सेटी) नामको सर्च फर एक्स्ट्रा टेरेष्ट्रियल इन्टेलिजेन्स संस्थाले कैयौँ वर्षदेखि यसको जवाफ खोजिरहेको छ । 

हाम्रो आकाशगंगामा करिब १०० अर्बवटा तारा रहेको मानिन्छ । उक्त फर्मी प्याराडक्सलाई अक्सफोर्ड विश्वविद्यालयका तीन विद्यार्थीले फेरि मूल्यांकन गरेका छन् । उनीहरुले यसबारे एक अध्ययन पनि गरेका छन् । यसलाई उनीहरुले डिजोल्भिंग द फर्मी प्याराडक्स नाम दिएका छन् । 

उनीहरुको अध्ययनले भने यो ब्रह्माण्डमा मानिस केवल एक्लो बुद्धिमान् प्राणी रहेको कुरालाई जोड दिएको छ । यसको मतलब एलियन्स छैन भन्ने हो । 

कसरी ? 
यो अध्ययनमा फर्मी प्याराडक्सलाई एउटा गणितीय आधारमा विश्लेषण गरिएको थियो । यसलाई ड्रेक समीकरण पनि भन्न सकिन्छ । यसअनुसार पहिला सम्भावित स्थानको सूची बनाइन्छ । अध्ययनमा जीवनसँग जोडिएका धेरै पक्षको जाँच गरेपछि ३९ प्रतिशतदेखि ८५ प्रतिशतसम्म सम्भावना एलियन नरहेको र मानव एक्लो जाति भएको मानिएको छ । 

शोधअनुसार ब्रह्माण्डमा कुनै अन्य सभ्यता नै छैन । सोही कारण एलियन नभेटिए हैरान हुनु नपर्ने उल्लेख गरिएको छ । तर दोस्रो ग्रहमा रहेको जीवनको खोजीचाहिँ गरिरहनुपर्ने उल्लेख गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै