• २०८३ असार ३२ बिहीबार

मेलवर्न स्टेडियममा जारी बक्सिङ डे टेस्टमा दर्शकको नयाँ किर्तिमान, १९३७ को रेकर्ड तोडियो

मेलवर्न स्टेडियममा जारी बक्सिङ डे टेस्टमा दर्शकको नयाँ किर्तिमान, १९३७ को रेकर्ड तोडियो

काठमाडौँ । अस्ट्रेलिया र भारतबीचको चौथो टेष्टको पाँच दिनमा मेलबर्न क्रिकेट स्टेडियम (एमसीजी) मा ३ लाख ५० हजार ७०० भन्दा बढी दर्शक उपस्थित भएर अस्ट्रेलियामा टेस्ट म्याच हेर्ने दर्शकको नयाँ किर्तिमान बनेको छ ।

यस अघि सन् १९३७ मा एमसिजीमा सर्बाधिक ३ लाख ५० हजार ५३४ दर्शक उपस्थित रहेका थिए ।

क्रिकेट अष्ट्रेलियाले पाँचौं दिनको पहिलो सत्रको लागि ५१ हजार ३७१ दर्शक उपस्थित रहेको जानकारी दिदै १९३७ पछि पाँच दिनमा सबैभन्दा बढी दर्शक आएर नयाँ रेकर्ड बनेको बताएको हो ।

सर डोनाल्ड ब्राडम्यानको नेतृत्वमा अष्ट्रेलियाले जनवरी १९३७ मा इङ्ल्यान्डसँग खेलेको सो खेल भन्दा २०२४ मा एमसिजी बक्सिङ डे टेस्टमा धेरै मानिसहरू उपस्थित भएका छन् । १९३७ को सो खेल छ दिनसम्म खेलिएको थियो ।

यस बक्सिङ डे टेस्टमा पहिलो दिन ८७ हजार २४२, दोस्रो दिन ८५ हजार १४७, तेस्रो दिन ८३ हजार ७३, चौथो दिन ४३ हजार ८६७ र पाँचौं दिन ५१ हजार ३७१ दर्शक उपस्थित भएको एमसीजी चलाउने मेलबर्न क्रिकेट क्लबले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै