रुपन्देही । बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाँउपालिका-३ हेडबक्समा पनि गएराती सवा ११ बजे खसेको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ ।
पहिरोका कारण पाल्पा,गुल्मी, स्याङजा,कास्की संचालन हुने सवारी साधनको आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पानी परिरहेका कारण अवरुद्ध सडक खुलाउने समय लाग्ने भएको छ ।