• २०८३ बैशाख १९ शनिबार

काठमाडौंको सडक विहानदेखि नै अस्तव्यस्त

काठमाडौंको सडक विहानदेखि नै अस्तव्यस्त

काठमाडौं । आज बिहान देखि नै काठमाडौंको सडक अस्तव्यस्त देखिएको छ । 

काठमाडौंको तीनकुनेमा राजावादी समूहको र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूको प्रदर्शन हुन लागेकोले ट्राफिक प्रहरीले विहान देखि नै सो क्षेत्रमा सवारी साधन जान रोकेपछि अस्तव्यस्तता भएको हो । 

ट्राफिक व्यवस्थापनको लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइने प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

प्रदर्शनका कारण रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन प्रभावित भएका छन् । साथै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा पनि सडक प्रभावित देखिएको छ ।

ट्राफिक प्रहरीले विहान देखि नै विभिन्न सडकमा सवारी डाइभर्सन गरेपछि स्थानीयहरु आक्रोशित भएका छन् । 

भृकुटीमण्डपमा प्रदर्शन बिहान १२ बजेदेखि र तीनकुनेमा १ बजेदेखि प्रदर्शन शुरु हुने बताइएको छ । 

सवारी जामका कारण यातायातमा असहजता नहोस् भनी ट्राफिक प्रहरीले सडकमा यात्रा गर्ने सबैले अतिरिक्त समय राखी सावधानी अपनाउन आग्रह गरेको छ ।

यसैबीच ट्राफिक अस्तव्यस्त भएपछि आज एसइई दिने विद्यार्थीलाई काठमाडौँ महानगरले घरसम्म पुर्याउने व्यवस्था गरेको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै