• २०८३ बैशाख १५ मंगलबार

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।

मायाको पहिचान नेपालका तर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिएका छन् ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

आजै प्रसाईंकै नेतृत्वमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि आगजनी गरेका छन् भने अवस्था नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै