• २०८३ बैशाख १५ मंगलबार

हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त गरेको इजरायलको दाबी

हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त गरेको इजरायलको दाबी

काठमाडौँ । इजरायली सेनाले हिज्बुल्लाहका एक हजारभन्दा बढी ठेगाना ध्वस्त पारिएको दाबी गरेको छ ।

इजरायल रक्षा बलले जारी गरेको वक्तव्यमा हिज्बुल्लाहका लडाकुले ती स्थानहरू इजरायली सैनिकमाथि आक्रमण गर्न प्रयोग गरिरहेको उल्लेख गरिएको छ । सेनाले ती ठेगानाबाट सयौं हतियार बरामद गरिएको पनि जनाएको छ ।

बरामद हतियारमा मेसिनगन, कलाश्निकोभ राइफल, ग्रिनेड, माइन, पेस्तोल, ट्यांकविरोधी क्षेप्यास्त्र, गोला-बारुद, आरपीजी रकेट र मोर्टार रहेका बताइएको छ । सेनाले यस सम्बन्धमा केही तस्बिर पनि सार्वजनिक गरेको छ, जसमा हतियार र गोला-बारुद देखिएको छ ।

यद्यपि, ती ठेगाना कहिले ध्वस्त पारिएको भन्नेबारे इजरायली सेनाले स्पष्ट जानकारी दिएको छैन ।

यसैबीच इजरायली सेनाले दक्षिणी लेबनानका १२ भन्दा बढी गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ । सेनाले यो कदम नागरिकको सुरक्षाका लागि उठाइएको भन्दै हिज्बुल्लाहले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ ।

इजरायल रक्षा बलका अरबी प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत प्रभावित गाउँका बासिन्दालाई तत्काल उत्तरतर्फ जान आग्रह गरेका छन् । उनले हिज्बुल्लाहका लडाकु, तिनका ठेगाना र सैन्य उपकरण नजिक बस्नु ज्यानका लागि जोखिमपूर्ण भएको बताएका छन् ।

इजरायल र लेबनानबीच युद्धविराम लागू भए पनि दुवै पक्षबीच आक्रमण जारी रहेको छ । दुवै देशले एकअर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै