• २०८३ बैशाख ६ आइतबार

त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचन आज हुदै

त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचन आज हुदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको त्रि–चन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुदै छ ।

निर्वाचन समितिले आज बिहान ८ बजेबाट अपराहन्न ४ बजेसम्म मतदान हुने जानकारी गराएको छ ।  

सोमबार निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिबीचको छलफलबाट क्याम्पसबाट वितरित विद्यार्थी परिचयपत्रका विषयमा विवाद उत्पन्न हुनसक्ने भएकाले भर्ना रसिद र नेपाल सरकारको अन्य आधिकारिक परिचय खुल्ने फोटोसहितको परिचय पत्रको आधारमा मात्र मतदान गराइने सहमति भएको थियो । मतदानको क्रममा विवाद उत्पन्न भएमा छानबिन गरी उपयुक्त निकास दिइने निर्वाचन समितिले जानकारी दिएको छ ।

यस अघि चैत्र ५ गते, त्यसपछि १३ गते मतदानको मिति तय भएको भएपनि विद्यार्थीबीच विवाद हुदा निर्वाचन हुन सकेको थिएन । 


        


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै