• २०८३ जेठ ३० शनिबार

कञ्चनपुरमा बयस्क भाले हात्ती मृत फेला

कञ्चनपुरमा बयस्क भाले हात्ती मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा एक बयस्क भाले हात्ति मृत अवस्थामा भेटिएको छ ।

दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा आज वयस्क भाले जङ्गली हात्ती मृतावस्थामा भेटिएको हो ।

हात्ती मृत फेला परेको घटनास्थलमा पशु चिकित्सक सहितको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेर जाँच र अनुसन्धानको कार्य गरेका थिए । बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरे पछि निकुञ्जको टोली मृत हात्ति रहेको स्थल पुगेको थियो ।

हात्तीको मृत्युको कारण भने खुल्न नसके पनि सो हात्तीको उमेर ८ देखि १० वर्षको रहेको मानिएको छ ।  दुई महिनाअघि पनि लालझाडी गाउँपाालिकामा हात्ती मृतावस्थामा फेला परेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै