• २०८३ बैशाख २६ शनिबार

तिनकुने घटनामा ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिने

तिनकुने घटनामा ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिने

काठमाडौ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरूङले तीनकुनेको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका सविन महर्जन र पत्रकार सुरेश रजकको परिवारलाई भेटेर आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

मंगलबार गुरुङले रजकको परिवारलाई ५ लाख र महर्जनको परिवारलाई ३ लाख आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । 

साथै, गुरूङले महर्जनकी श्रीमती भविसालाई भाटभटेनीमा जागिर दिनेसमेत बताएका छन् । राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा महर्जनको गोली लागेर मृत्यु भएको थियो । पत्रकार रजकको भने जलेर मृत्यु भएको थियो । उक्त घटनाको न्यायिक छानविन हुनुपर्ने आवाज उठिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै