• २०८१ बैशाख १६ आइतबार

मन्त्री रविन्द्र अधिकारीले विज्ञ समूहबाट हरिभक्त श्रेष्ठको नाम हटाए 

kharibot

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयको विज्ञ समूहबाट हरिभक्त श्रेष्ठको नाम हटाएको छ ।

हवाइ उड्डयन क्षेत्र सहज बनाउन नागरिक उड्डयनका क्षेत्रमा सुझाव दिन मन्त्रालयले गएको चैत २५ गते मन्त्रीस्तरीय निर्णयबाट ३९ जनाको विज्ञ समूह गठन गरेको थियो । 

तर विज्ञ समूहमा रहेका हरिभक्त श्रेष्ठ लाउडा विमान प्रकरणका आरोपी भएको भन्दै मिडियामा आलोचना भएपछि मन्त्रालयले उनको नाम विज्ञ समुहबाट हटाएको हो ।

आइतबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मन्त्री स्तरीय निर्णय गर्दै श्रेष्ठलाई विज्ञ समुहबाट हटाएका हुन् ।

आइतबार मन्त्रालयले विज्ञप्ति निकालेर श्रेष्ठको नाम विज्ञ समूहबाट हटाइएको जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै