• २०८३ जेठ २९ शुक्रबार

सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी

सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।

मेयर दुनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विहिबार जाहेरी दर्ता भएको हो ।

दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी ती बालिकालाई मेयर अधिकारी दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालिकाले गत फागुनमा एक शिशु जन्माइ सकेकिछन् । शिशु जन्मिएपछि मेयरले करणी गरेको घट्ना बाहिरिएको हो ।

बालिकाले जाहेरी दिएलगत्तै प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको बताएको छ । प्रहरीका अनुसार मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको छ । दनुवार २०७९ को स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै