• २०८३ बैशाख २६ शनिबार

एक हुदै राजावादी, कमल थापा र राजेन्द्र लिङदेनको अर्थपूर्ण हार्दिकता !

एक हुदै राजावादी, कमल थापा र राजेन्द्र लिङदेनको अर्थपूर्ण हार्दिकता !

काठमाडौं । सोमबार काठमाडौँमा राजावादीहरुको जमघट भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको पहलमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राजाबादी शान्ति बाटिकामा भेला भएर एकताको सन्देस दिने प्रयास गरेका छन् ।

राप्रपा नेपालले आयोजना गरेको यस कार्यक्रममा राजतन्त्र फर्काउने जान आन्दोलन परिचालन समितका संयोजक नवराज सुवेदी, अर्का राजावादी नेता केशरबहादुर विष्टपनि एकसाथ आएका थिए । कार्यक्रममा राप्रपाका अन्य नेताहरु विक्रम पाण्डे, कुन्ती शाहीलगायतका नेताहरु पनि सहभागी थिए ।

यस कार्यक्रमबाट कमल थापा र राजेन्द्र लिङदेनको यसअघि चिसिएको सम्बन्धमा सुधार आइसकेको देखिएको थियो । लिङदेनले कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा सबै राजावादी शक्ति एक हुनुपर्नेमा रहेको स्पष्ट गर्दै सबैसँग सहकार्य गर्ने बताए । त्यस्तै कमल थापाले अहिले राप्रपा सबैभन्दा ठुलो राष्ट्रवादी शक्ति भएकोले सबैलाई एक ठाउमा ल्याउने अभियानको नेतृत्व गर्न लिङदेनलाई आग्रह गरेका थिए । कमल थापा र राजेन्द्र लिङदेनबीचको हार्दिकतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।   

गत चैत १५ गते तिनकुने प्रदर्शनको क्रममा पक्रा परेका नेता तथा कार्यकर्ताको रिहाइलाई मुख्य मुद्दा बनाएर आज थापाले आफ्नो पार्टी राप्रपा नेपालको ब्यानरमा शान्तिपाटिका, रत्नपार्कमा विरोध सभा आयोजना गरेका थिए । ठुलो संख्यामा आम जनताको उपस्थिति नभएपनि यस कार्यक्रमले राजावादी एक ठाउमा रहेको सन्देश दिएको टिप्पणी गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै