• २०८३ श्रावण ३१ आइतबार

पाकिस्तानको ड्रोन आक्रमणलाई प्रभावकारी रूपमा निष्क्रिय गर्यौं- भारतीय सेना

पाकिस्तानको ड्रोन आक्रमणलाई प्रभावकारी रूपमा निष्क्रिय गर्यौं- भारतीय सेना

काठमाडौँ । भारतीय सेनाले गएराती पाकिस्तानले गरेको आक्रमणको जानकारी दिएको छ ।

भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय ले गए राति पाकिस्तानी सेनाले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको बताएको छ ।

भारतीय सेनाले लेखेको छ- 'पाकिस्तानी सशस्त्र बलले ८ र ९ मे २०२५ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियारहरू प्रयोग गरेर धेरै आक्रमणहरू गरेको छ । पाकिस्तानी सेनाले जम्मू कश्मीरको नियन्त्रण रेखामा पनि धेरै पटक युद्धविराम उल्लङ्घन गरेको छ ।'

भारतीय सेनाले पाकिस्तानी ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको र युद्धविराम उल्लंघनको कडा जवाफ दिइएको बताएको छ ।

बिहीबार राति करिब ११ बजे जम्मु कश्मिरको उरी सेक्टरमा भारी गोलाबारी भएको थियो र सीमा नजिकैका नागरिक क्षेत्रहरूलाई निशाना बनाइएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै