• २०८३ असार ३१ बुधबार

पोर्चुगलको यू-१५ टिमबाट रोनाल्डो जुनियरको डेभ्यु, जापानविरुद्ध ४-१ ले विजयी

पोर्चुगलको यू-१५ टिमबाट रोनाल्डो जुनियरको डेभ्यु, जापानविरुद्ध ४-१ ले विजयी

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू-१५ टिमबाट आफ्नो डेभ्यु गरेका छन् । रोनाल्डो जुनियरले जापान यू-१५ विरुद्ध खेलको ५३औं मिनेटमा मैदानमा प्रवेश गर्दै पोर्चुगलका लागि डेभ्यु गरेका हुन् ।

यो खेल पोर्चुगलले ४-१ ले जितेको थियो । यस खेलमा जुनियरले कुनै गोल भने गरेनन् ।

रोनाल्डोले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै जुनियरले पोर्चुगलका लागि डेभ्यु गरेकोमा बधाई दिदै आफुले गर्व गरेको लेखेका छन् ।

क्रोसियामा जारी भ्लात्को मार्कोभिक प्रतियोगितामा पोर्चुगलसहित ८ देशका यू-१५ टिमले भाग लिइरहेका छन् । जसमा ४-४ देशलाई दुई समुहमा राखिएको छ ।

समुह ए मा क्रोसिया, रोमानिया, फ्रान्स र स्वीजरल्याण्ड रहेका छन् भने समुह बी मा पोर्चिगल, ग्रीस, इङल्याण्ड र जापान रहेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै