काठमाडौँ । मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै लेखापढी व्यवसायी मार्फत खरिदार पाण्डेले सेवाग्राहीसँग २० हजार घुस लिएको अवस्थामा पाण्डेसहित लेखापढी व्यवसायी शान्ती पुन र घनश्याम तिवारीलाई कोहलपुर-११ स्थित तिवारी रेष्टुरेण्टबाट शुक्रबार पक्राउ गरेको जानकारी दिएको छ । तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।









