• २०८३ श्रावण २२ शुक्रबार

राइड सेयरिङ नियमावली स्थगनपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

राइड सेयरिङ नियमावली स्थगनपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका हुन् ।

मंगलबार साँझ बसेको बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएसँगै यातायात व्यवसायी आन्दोलित बनेका थिए। जसका कारण देशभरिका सार्वजनिक यातायात ठप्प भएको थियो । 

प्रधानमन्त्री कार्यालयको पत्रपछि गण्डकी प्रदेश सरकारले एक महिनाका लागि नियमावलीलाई स्थगित गर्ने निर्णय गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै