• २०८३ बैशाख २० आइतबार

राष्ट्रपति पौडेल समक्ष केन्याका राजदूत मून्यीरीले पेश गरे ओहोदाको प्रमाण पत्र

राष्ट्रपति पौडेल समक्ष केन्याका राजदूत मून्यीरीले पेश गरे ओहोदाको प्रमाण पत्र

काठमाडौं । राष्ट्रपति राम चन्द्र पौडेल समक्ष नेपालका लागि केन्याका राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन् । 

राष्ट्रपति कार्यालय शितल निवासमा भएको कार्यक्रममा नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन पनि उपस्थित थिए । 

सोही दिन राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीद्वारा कमलादी स्थित सिटी एक्सप्रेस कम्प्लेक्सको चौथो तल्लामा अवस्थित गणतन्त्र केन्याको अवैतनिक दूतावास कार्यलयको उद्घाटन पनि गरिएको छ । 

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनद्वारा आयोजित बिशेष समारोहमा महामहिमको अध्यक्षतामा दुबै देश बिचको ब्यापार प्रबर्धनका साथै संस्कृतिक तथा अन्य विविध छेत्रमा सहकार्य विस्तारमा काम गर्ने प्रतिबधता जनाइएको थियो ।

नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक पनि हुन् ।   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै