काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् ।
मंगलबार मन्त्री नियुक्त भएकी न्यौपानेको आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
राष्ट्रियसभाकी सांसद रहेकी तनहुँकी न्यौपाने पहिलो पटक मन्त्री बनेकी छन् । उनले आजै पदभार ग्रहण गर्ने जनाईएको छ । राष्ट्रियसभा सांसदको रुपमा न्यौपानेको कार्यकाल आगामी फागुनसम्ममात्रै रहेको छ ।

निवर्तमान मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणको अडियो बाहिरिएपछि राजीनामा दिएका थिए ।









