काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सरकार र नेतृत्वप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसँग समन्यवमा भए नभएको बारे प्रश्न गरेका छन् । उनले भनेका छन्- 'के हुँदैछ मित्र यस्तो ? के यहाँको समन्वयमा हुनुहुन्छ ? प्रधानमन्त्री ।'
शर्माले संसदीय व्यवस्था आफैंमा सुन्दर नहुने उल्लेख गर्दै त्यसको प्रभाव राजनीतिक दल र नेताहरूको व्यवहारमा निर्भर रहने बताएका छन् । उनले ‘फागुन २१’ को विश्वास भत्काएर नागरिकमा निराशा फैलाउने कामबाट प्रणाली र देशको हित नहुने टिप्पणी गरेका छन् ।









