बागलुङ । बागलुङस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान बागलुङ नगरपालिका-१० डब्ल्याङस्थित कालीगण्डकी करिडोर बर्षातका कारण सडकमाथिबाट पहिरो आई सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।
प्रहरीले सडक खुलाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिएको छ ।









