नेपाली क्रिकेट टोली बिहीबार बिहान बेलायत जाने, यस्तो छ नेपालको खेल तालिका 

खरीबोट

काठमाडौँ  । बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई आज विदाई गरिएको छ । 

युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् । 

त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्नेछ । 

नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहतिकुमार पौडेल छन् । 

शक्ति गौचनले सन्यास लिने 

राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट आफू सन्यास लिने घोषणा गर्नुभएको छ । राष्ट्रिय टोलीका भेट्रान खेलाडी गौचनले नेदरल्यान्डसँग हुने पहिलो एक दिवसीय श्रृङ्खला नै आफ्नो अन्तिम खेल हुने आज यहाँ आयोजित एक कार्यक्रममा बताए । 

 नेपाली टिममा जगत टमाटा (कोच), रमन सिवाकोटी ( म्यानेजर तथा टेक्निकल एनालिष्ट), दिनेश भट्ट (फिजियो), शुबास पात्रो (फिजियो) रहेका छन्  । नेपाली क्रिकेट टोली बिहीबार बेलायत प्रस्थान गर्नेछ । 

नेपालको खेल तालिका :

साउन ५ गते हग्स क्लबसँग अभ्यास खेल (५० ओभर खेल)
साउन ७ गते सेन्ट क्रस क्लबसँग (टि-२० खेल)
साउन ९ गते इस्ट लन्डन एघार सँग ( ५० ओभर खेल)
साउन १० गते इस्ट लन्डन शार्कसँग ( टि-२० खेल)

साउन १३ गते एमसीसी र नेदरल्याण्डसँग त्रिकोणीय (टि-२० खेल)
साउन १६ र १७ गते नेदरल्याण्डसँग एकदिवसीय खेल 

सम्बन्धित समाचार

राष्ट्रिय क्रिकेट खेलाडीको तलब आयो, २२ खेलाडीले २ बर्षको तलब पाउने 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले दुई वर्षदेखि रोकिएको मासिक तलब पाउने भएका छन् ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले राष्ट्रिय खेलकुद परिषदको स्टान्डर्ड चार्टड बैंकको खातामा नेपाली राष्ट्रिय टोलीको दुई

शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला

काठमाडौँ । सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा ।  एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा

नेपाली क्रिकेट टिमलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने

काठमाडौँ । सरकारले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।  युवा तथा खेलकुद

राष्ट्रिय सभाका अध्यक्षले क्रिकेट खेलाडीलाई दिए १०-१० हजार 

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली केही बेरअघि त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।  यूएईविरुद्धको एक दिवसीय र टी–२० शृङ्खला जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिमको स्वागतमा विमानस्थल पुगेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद


z