• २०८१ बैशाख १५ शनिबार

नेपाली क्रिकेटको अवस्थाबाट प्रभावित भए- आइसीसी अध्यक्ष बार्कले

kharibot

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष जर्ज बार्कलेले नेपाली क्रिकेटको अहिलेको अवस्थाबाट आफू निकै प्रभावित भएको बताएका छन् ।

गत सोमबारदेखि नेपाल भ्रमणमा रहेका अध्यक्ष बार्कले पत्रकार सम्मेलनमा नेपाली क्रिकेटको अहिले प्रगति भइरहेको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

उनले भने- ‘मैले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, खेलकुदमन्त्री र प्रधानमन्त्रीलाई भेटेँ । नेपाली क्रिकेटको भविष्यलाई सकारात्मक प्रभाव परेको छ । प्रधानमन्त्रीले क्रिकेटमा सरकारले आफ्नो ध्यानकेन्द्रित गर्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय टिम र अन्य्तिम मात्र होइन समग्र युवाहरुका लागि क्रिकेटमा सरकार केन्द्रित हुने बताउनु भएको छ ।’

उनले खेलकुदमन्त्री र प्रधानमन्त्रीसँगको आफ्नो भेटका क्रममा आइसीसीका प्रतियोगिता आयोजना गर्न पूर्वाधार आवश्यक हुने समेत ध्यानाकर्षण गराएको बताएका छन् । 

उनले नेपालका मैदानहरुबाट आफु खुसी भएको र तर ठुला टिम र प्रतियोगिताहरु आयोजना गर्न त्यसमा अझै पूर्वाधार निर्माणको काम गर्न बाँकी रहेको बताएका छन् । अध्यक्ष बार्कलेले नेपाल क्रिकेट संघले आफुले गरिरहेको काम र आउदा दिनमा गर्ने कामको बारेमा गराएको जानकारीबाट आफु खुशी भएको बताएका थिए ।

उनी आफ्नो चार दिने नेपाल भ्रमण पुरा गरेर विहिबार फर्किदै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै