रोनाल्डो इफेक्ट : युभेन्टसले एक घन्टामा बेच्यो आउदो सिजनका सबै टिकट 

खरीबोट

काठमाडौँ । इटालियन क्लब युभेन्टसले आउदो सिजनका सबै टिकट एक घण्टा मै बेचेको छ । रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई भित्राएको युभेन्टसले रोनाल्डोलाई भित्राएको फाइदा उठाउन थालेको छ ।

क्लबले आउदो सिजन सुरु हुन् तिन साता अघि नै सिजनका सबै खेलको टिकट बेचेको हो । मिडिया रिपोर्टका अनुसार युभेन्टसले औसतमा ३० प्रतिशत टिकटको मुल्य बढाएर बेचेको बताइएको छ । 

विहिबार टिकट खोलेको एक घण्टामा नै सबै टिकट बिक्रि भएको क्लबले जानकारी दिएको छ । क्लबले ९५ प्रतिशत टिकट गतबर्ष टिकट लिएका दर्शकले नै आफ्नो टिकट नवीकरण गरेको र बाँकी टिकट एक घण्टा भित्र नै  बिक्रि भएको जनाएको छ ।

दर्शकहरुले क्लबले टिकटको मुल्य बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेपनि रोनाल्डो आएपछि आफ्नो गुनासोका बाबजुत टिकट नवीकरण गरेको बताइएको छ । क्लबले अब यस सिजनमा घरेलु खेलका कुनै पनि टिकट बिक्रिका लागि उपलब्ध नभएको बताएको छ ।    
 

सम्बन्धित समाचार

मेसीले गरे रोनाल्डोको यो रेकर्डको बराबरी 

काठमाडौँ । लियोनेल मेसीले क्रिस्टियानो रोनाल्डोको एक रेकर्डसँग बराबरी गरेका छन् ।  गएराती भएको रियल भल्लाडोलेडविरुद्धको खेलमा मेसीले खेलको ४३औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै यस सिजनमा आफ्नो ३०औ गोल गरेका छन्

युभेन्टसको जितमा डिबाला र रोनाल्डोको गोल

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले फ्रोसिनोनेलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले फ्रोसिनोनेलाई ३-० गोल अन्तरले पराजित गर्दै सिरी ए मा आफ्नो अपराजित यात्रा कायमै राखेको

आर्सनलका मिडफिल्डर एरोन रामसीलाई युभेन्टसले भित्र्यायो  

काठमाडौँ । आर्सनलबाट खेलिरहेका वेल्सका मिडफिल्डर एरोन रामसीले इटालियन कल्ब युभेन्टससँग सम्झौता गरेका छन् ।  पछिल्लो ११ बर्ष आर्सनलबाट खेलेका रामसीले आउदो जुलाई १ देखि युभेन्टसबाट खेल्ने गरि प्रि-सिजन सम्झौता गरेका

रोनाल्डोको गोलमा युभेन्टस विजयी

काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टसले सासुलोलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले सासुलोलाई ३-० गोल अन्तरले पराजति गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, सामी खेदिरा र


z