काठमाडौं । डा. केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शनमा उत्रीएका प्रदर्शनकारीमाथि बानेश्वरमा प्रहरीले असुर्ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडी बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहरसँगै अश्रृग्याँस प्रहार गरेको छ ।
डा.केसीको समर्थनमा उत्रीएका आन्दोलनकारीलाई तितरवितर पार्ने क्रममा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको लाठी प्रहारबाट तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित केहि व्यक्ति घाईते समेत भएका छन् । डा.केसीको समर्थनमा मानवअधिकारवादी, विभिन्न दलका नेता कार्यकर्ता तथा स्वास्थ्यकर्मी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।
यसैबीच तरुण दलले एक विगप्ति प्रकासित गर्दै निषेधआज्ञा तोड्ने क्रममा प्रहरीको हस्तक्षेपका विरुद्ध आफ्ना अध्यक्षसहित भएको विरोधमा घटनाको भ्रत्सना गर्दै आइतबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी विरोध छ । सरकारको अधिनायकवादी रबैयाको बिरोधमा तरुण दलले कडा प्रतिकार गर्ने तरुण दलले बताएको छ ।