• २०८२ असोज २२ बुधबार

मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित

kharibot

काठमाडौँ । मनाङमा कार्तिक १७ गतेका लागि तोकिएको प्रदेश सभाको उपनिर्वाचन स्थगित भएको छ ।

निर्वाचन आयोगले आज अर्थमन्त्री, गृहमन्त्री र कानुनमन्त्रीसहित गरेको छलफलपछि मनाङको प्रदेश सभाको उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

आयोगले भदौ २३ गतेको जेनजी आन्दोलनका कारण निर्वाचन तालिका प्रभावित भएको भन्दै अब निर्वाचन कार्यक्रम पछि प्रकाशित गर्न भन्दै हालका लागि उपनिर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

आजको छलफलमा फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारी र आवश्यक पर्ने स्रोत साधनका विषयमा छलफल भएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै