अर्नालाई बचाउन ढिस्को निर्माण

खरीबोट

फाइल तस्विर । 

चितवन / चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राखिएका अर्नालाई बर्सातमा बाढीबाट जोगाउन ढिस्को निर्माण गरिएको छ । गत वर्षको बर्सातमा आएको बाढीका कारण दुई अर्ना मरेका थिए । बाँकी सबै संक्रमणबाट ग्रसित भएका थिए । बाढीकै कारण सोही ठाउँमा राखिएका तीन बाह्रसिंगे हराएका थिए । 

निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार एक मिटर अग्लो, ६ मिटर चौडा र २० मिटर लामो दुई वटा ढिस्को निर्माण गरिएको छ । पाठकका अनुसार बर्सातमा बाढी आएमा अर्ना ढिस्कोमा बस्न सक्ने बनाइएको छ । बाढीको समयमा सबैतिर पानी भरिँदा ओभानोमा बस्न सहयोग पुग्ने र सामान्य घाँस ओभानोमा उपलब्ध गराउन ढिस्को निर्माण गरिएको बताइएको छ । 

तारवार गरिएको क्षेत्रमा पानी छिर्ने ठाउँ र बाहिरिने ठाउँमा ढलान गरेर बलियो बनाइएको छ । पाठकका अनुसार पानी बाहिरिने ठाउँमा बाढीले भत्काएर गत वर्ष तीन वटा बाह्रसिंगे भागेका थिए । पानीले खोलेर अर्ना र बाह्रसिंगे बाहिर जान नपाउन भन्नका लागि समयमा नै ढलान गरिएको उनले बताए । गत वर्ष बाढीका कारण खानाको अभावले सबै अर्ना बिरामी परेका थिए । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेका अनुसार गत वर्ष बर्सातका कारण खानेकुरा अस्वस्थकर भई अर्नामा परजीवी फैलिएको थियो । लामो समयसम्म उपचार र बाहिरबाट पोषण एवम् खानेकुरा खुवाएपछि अर्ना बचेको उनले बताए । हाल दैनिक हात्तीबाट सो स्थानमा पुगेर अनुगमन गर्ने काम भइरहेको छ । अर्नाको नियमित गोबर परीक्षण गरिएको उनले बताए । 

पाठकका अनुसार हाल सो ठाउँमा नौ वटा अर्ना रहेका छन् । ती मध्ये दुई भाले र अन्य पोथी छन् । सोही ठाउँमा एउटा पोथी बाह्रसिंगे छ । तीन वटा अर्ना ब्याउने अवस्थामा रहेको बताइएको छ । 

गत वर्ष कोशीटप्पुबाट अर्ना र शुक्लाफाँटाबाट बाह्रसिंगे ल्याइएको थियो । निकुञ्जभित्र पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमीनलाई विद्युतीय तारबार गरेर कोशीबाट ल्याइएका १२ र जावलाखेलको सदर चिडियाखानाबाट ल्याइएका तीन सहित १५ अर्ना राखिएको थियो । चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना पहिला नै मरेका थिए । बाढीले दुई र बाघले खाएर एउटा अर्ना मरेपछि नौ वटा बाँकी रहेका हुन् । बाह्रसिंगे सात वटा ल्याइएकामा तत्कालै तीन वटा मरेका थिए भने तीन वटा बाढी सँगै हराएको र एउटा बाँकी रहेको पाठकले बताए । 

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश शुल्कमा वृद्धि

चितवन । सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मरेको भेटियो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा मंगलबार मरेको अवस्थामा भेटिएको छ ।  निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार काँसघारीमा टाउको पानीमा डुबेको अवस्थामा

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा मृत फेला

रत्ननगर। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ ।  बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०÷३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको

दुर्लभ पाटेबाघ मर्यो 

रत्ननगर, चितवन। चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ मरेको छ ।  दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर आज पाटेबाघ मरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा


z